२०७९ जेष्ठ ७ शनिबार

भारतीय सेनाका प्रमुख बिपिन रावत सवार हेलिकप्टर निलगिरिमा दुर्घटना

काठमाण्डाै ।

तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख (सीडीएस) बिपिन रावत

आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा १४ जना सवार रहेकाे

एएनआईले जनाएकाे छ । हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएकाे र तीमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ

। दुर्घटनाग्रस्त भएकाे सेनाकाे याे हेलिकप्टर एमआई सिरिजकाे थियाे । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ । रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै गएकाे जनवरी १ मा देशका

पहिला सीडीएस रहनुभएकाे छ । हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ भारतीय रक्षामन्त्री राजनाथ सिंहलले दुर्घटनाबारे जानकारी दिन संसद्‌मा सम्बोधन गर्ने बताइएको छ ।

२०७८ मंसिर २२, बुधबार प्रकाशित 0 Minutes 135 Views

ताजा समाचार