२०७९ जेष्ठ ७ शनिबार

नारायणघाट चितवनमा बाटा घाटाको स्थिति कस्ता रहेछ भनेर हेर्नलाई नारायणी किनारमा ठूलो मेला लाग्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्र ।

अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय चितवन सबै पार्टीको नजरमा परेको बताएका छन् । शनिबार बिहान भरतपुर महानगरपालिका-२६ दिव्यनगरमा आयोजित राजनैतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सबैको रोजाइमा पर्नु चितवनवासीका लागि खुसीको कुरा भएको बताएका हुन् । दाहालले

देशलाई एकताबद्ध गर्ने तथा जनता र गणतन्त्रको रक्षा गर्ने पार्टी माओवादी मात्रै भएको पनि दाबी गरे । उनले भने, ‘देशलाई एकताबद्ध गर्ने, सबै जनता, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी माओवादी मात्र भएको जनचेतना एकपटक देशभर फैलिएको छ । जनताले अब फेरि माओवादीबाहेक अरुले संघीय लोकतान्त्रिक

गणतन्त्रको रक्षा गर्न सक्दैनन् भन्ने बुझ्याछन् ।’ त्यस्तै उनले सबै जनताले माओवादी पार्टी बलियो भए मात्रै देश र जनता बलियो हुन्छन् भन्ने बुझेको पनि बताए । महाधिवेशनका लागि सबैको नजरमा परेको उल्लेख गर्दै दाहालले भने, ‘कोही लोभले, कोही डाहले, कोही मायाले, कोही केले, कोही केले सबै चितवन नै आउन चाहने

भए आजभोलि । अस्ति भर्खर ठूलो मेला लाग्यो नि नारायणी नदी किनारमा । चितवनलाई माया गरेर त होला त्यत्रो मेला लाग्यो यहाँका बाटाघाटा कस्ता रहेछन् भनेर हेर्न पनि होला । त्यस्तै उनले आफूलाई माया वा घृणा गरेर जे भए पनि चितवन आउनु खुसीको कुरा भएको बताए, ‘अनि प्रचण्डलाई र रेणुलाई जिताउने जनता कस्ता रहेछन्

भनेर हेर्न पनि होला । यहाँको नारायणी, राप्ती, रिउ देवघाट मौलाकालिकाजस्ता पर्यटकीय र धार्मिक स्थल हेर्न पनि होला । प्रचण्डलाई माया गरेर वा घृणा गरेर जे भए पनि चितवन आए तपाईंहामी चितवनवासीलाई खुसीकै कुरा हो । मैले भनेको छु अरु पनि चितवन नै आए हुन्छ ।

अब अधिवेशन गर्न पर्‍यो भने अन्त हेर्न परेन चितवन नै आए हुन्छ । जे भए पनि यहाँका जनतालाई त्यसबाट फाइदा नै हुन्छ । नेपालका धेरै ठाउँमा जल, जंगल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उनले सिंगापुरको सन्तोसा आइल्यान्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास

गर्नुपर्ने बताए । यसले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत आकर्षित गर्ने उनको भनाइ थियो । विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उनले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताए । उनले भने, ‘भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन् । चितवन र भरतपुरमा हुने आर्थिक

विकासका गतिविधि राष्ट्रियरुपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ । शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन् ।’ देशको राजनीतिको केन्द्र चितवन बनेको भन्दै उहाँले देशभरिका जनताले अध्ययन गर्ने गरी यहाँको विकास गरिने बताए ।

२०७८ मंसिर १८, शनिबार प्रकाशित 1 Minute 193 Views

ताजा समाचार