२०७९ जेष्ठ ७ शनिबार

अब आउने चुनावमा सबै तहमा कांग्रेस एक्लै लड्छ र सबै तह सबै ठाँउमा बिजय हुन्छ : विमलेन्द्र निधी

काठमाडौं ।

कांग्रेसले कसैसँग गठबन्धन र तालमेल नगर्ने बताएका छन् । नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनको बिहीबार जनकपुरधाममा उद्घाटन गर्दै उनले अब हुने निर्वाचनमा सबै स्थानीय तह प्रदेशसभा प्रतिनिधिसभा

निर्वाचन क्षेत्रमा कांग्रेस आफैंले उम्मेदवारी दिने बताएका हुन् । देशले कांग्रेसको एकल सरकार आउनुपर्ने चाहना राखेको भन्दै निधिले चुनावमा बहुमत ल्याउन सबै कांग्रेस नेता कार्यकर्ताले भूमिका खेल्नुपर्ने

बताए । पार्टीको महाधिवेशन सकिएपछि निर्वाचनमा केन्द्रित हुन कार्यकर्तासँग आग्रह गर्दै निधिले संगठन सुदृढिकरण र आपसी एकता राखेर कांग्रेसलाई जिताउनुपर्ने धारणा राखे । सबैभन्दा जरुररी

प्रदेश २ मा कांग्रेस जित्नु जरुरी छ उनले भने यो प्रदेशमा बहुमत नभए देशमा बहुमतीय सरकार बन्दैन । देशमा बहुमतको सरकार नबने संघीय गणतान्त्रिक व्यवस्थाको रक्षा हुन सक्दैन ।

यो पनि पढ्नुहोस् प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउन तयार रहेको बताएका छन् । ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मोदीलाई आफूले भ्रमणको निम्तो दिएको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने,मैले उहाँलाई नेपाल आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत छ भनेँ । तपाईं पशुपति जानुहुन्छ मुक्तिनाथ

जानुहुन्छ, धार्मिक भ्रमण हुन्छ भनेँ । उहाँ नेपाल आउन तयार छु भन्नु भन्नुभयो । उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो । त्यस्तै फरक प्रसंगमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय टिक्ने पनि बताएका छन् । उनले न्यायालयमा देखिएको विषयबारे भने बोल्न चाहेनन् ।

२०७८ मंसिर १६, बिहीबार प्रकाशित 0 Minutes 380 Views

ताजा समाचार