२०७९ जेष्ठ ७ शनिबार

अबको चुनावमा जनताहरु माओवादीका पक्षमा उठ्नेछनः महरा

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले आफूहरुको अबको लक्ष्य नयाँ क्रान्तिकारी पार्टी बनाउने रहेको बताएका छन् । घोराही उपमहानगरपालिकाको दोस्रो सम्मेलनलाई

सम्बोधन गर्दै प्रवक्ता महराले माओवादी केन्द्रको अबको लक्ष्य विभाजित मानसिकताबाट मुक्त भएर नयाँ एकतासहितको क्रान्तिकारी पार्टी बनाउने भएको बताएका हुन् । मुलुकमा परिवर्तन चाहाने

क्रान्तिकारी सक्तिहरु एकतावद्ध भएर अब छिटै नयाँ मोडलको क्रान्तिकारी कम्युनिष्ट पार्टी पनि बन्ने महराको दावी छ । जुन पार्टीले मुलुकलाई २१ औं सताब्दीको बैज्ञानिक समाजवादलाई सश्लेषण

अगााडि बढाउने उनको भनाइ छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका महराले क्रान्तिको बाटो आफूहरुले नछोडेको र सधै एकै ढंगबाट क्रान्ति सफल नहुने भएकाले त्यसको मोडल मात्रै
परिवर्तन गरिएको बताए ।

नयाँ ढंगबाट क्रान्ति गर्नुपर्ने दायित्व तपाइँ हामीमा काँधमा समेत आएको उनको भनाइ थियो । नयाँ विचार सश्लेषण र नयाँ पार्टी निर्माण नै अहिलेको माओवादी केन्द्र केन्दीय कमिटको मुल लक्ष्य भएको बताउदै महराले यसमा सबैले साथ दिनुपर्ने बताए ।

२०७८ मंसिर १३, सोमबार प्रकाशित 0 Minutes 457 Views

ताजा समाचार