२०७९ जेष्ठ ७ शनिबार

बिहे नगरी सन्तान ग्रहण गर्ने स्वरा भास्करको घोषणा ( सहि वा गलत )

मुम्बई ।

बलिउड अभिनेत्री स्वरा भास्करले विवाहबिना नै सन्तान एडप्ट गर्ने घोषणा गरेकी छन् । ३३ वर्षीया अभिनेत्री भास्करले विवाहबिना नै सन्तान ग्रहण गर्ने घोषणा गरेकी हुन् । उनले बच्चा ग्रहण गर्नका लागि कानुनी प्रक्रियासमेत सुरु गरिसकेको बताएकी छन् ।

उनले यसका लागि सरकारी निकाय ‘सेन्ट्रल एडप्टेशन रिसोर्स अथोरिटीमा आफ्नो नाम दर्ता गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । म सधैँ परिवार र बच्चा चाहन्थें । मलाई महसुस भयो कि यो कामका लागि एडप्टेशन सबैभन्दा राम्रो हुनेछ अभिनेत्री

भास्करले भनेकी छन् । भारतीय कानुन अनुसार यहाँ एकल महिलाहरूलाई सन्तान एडप्ट गर्ने अनुमति दिइएको छ । यसअघि पनि अभिनेत्री सुस्मिता सेन प्रिती जिन्टा रवीना टन्डन सन्नी लियोन निलम कोठारी लगायत कलाकारले सन्तान एडप्ट गरिसकेका छन् ।

भास्करले यसअघि पनि यसबारे प्रतिक्रिया दिएकी थिइन् । वीरे दि वेडिङ तनु वेड्स मनुसहित केही फिल्ममा आफ्नो अभिनयको जबर्जस्त प्रभाव देखाएकी भास्कर पछिल्लो समय सत्ता र शक्तिको खरो आलोचना गर्ने गरेकी छन् । कतिपय राजनीतिक तथा सामाजिक

मुद्दामा तर्क राख्दा उनी विवादितसमेत बनेकी छन् । देशव्यापी किसान आन्दोलनमा ऐकवद्धता जनाउनुका साथै उनले जवाहराल नेहरु विश्वविद्यालयको विद्यार्थी आन्दोलनमा खुलेर समर्थन गरेकी थिइन् । कान्तिपुर बाट साभर

२०७८ मंसिर ११, शनिबार प्रकाशित 1 Minute 280 Views

ताजा समाचार