२०७९ जेष्ठ ७ शनिबार

१० औ महाधिवेशन बाट को होलान त पा,”र्टी अध्यक्ष केपि Vs भिम रावल

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरिनसकेको बताएका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर सम्मान र स्नेहभाव देखाएको प्रतिक्रिया

समेत दिए । मंगलबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अलिबढि खटनु हुन्छ थकाई लाग्छ आराम गर्ने होकि भनेर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई सम्मान गरेको र त्यसबाट आफू प्रभावित भएको पनि बताए । अध्यक्ष ओलीले

आफू अध्यक्षमा नउठे हुन्थ्यो भन्ने बाहिरका केही मानिसहरुको सुझाव रहेको पनि बताए । उनले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने कुरालाई आफूले नरोक्ने पनि स्पष्ट पारे । पार्टीको पदाधिकारी वा केन्द्रिय समितिमा आउनेहरुलाई आफूले आफूले कुनै दवाव र प्रभावमा

नपार्ने अध्यक्ष ओलीको भनाई थियो । उनले सर्वसम्मति वा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताए । अध्यक्ष ओलीलाई तपाईले बढी मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव को भनि प्रश्न गरिएको थियो । त्यसको जवाफमा उनले सर्वसम्मती वा सबैभन्दा बढी मत

लिएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताए । ओलीले पार्टीका नेताहरुको व्यवस्थापनमा आफूले ध्यान नदिने बताए । देश र जनताको व्यवस्थापनमा आफूहरुको ध्यान जाने अध्यक्ष ओलीको भनाइ थियो । उनले भने रावलजीले मलाई चुनौति दिनु भएको छैन । तपाईहरुले

उहाँका शब्दप्रति ध्यान दिनुस म प्रति आदर सम्मान माया स्नेह देखाउनु भएको छ । अलि बढी खटनु हुन्छ थकाई लाग्छ, आराम गर्ने होकि थकाई लाग्छ त्यसो भए म उठछु । भन्नु भएको छ । होईन ? मैले पनि सुने । उहाँले कुनै चुनौति भन्नु भएको छैन । उहाँले सुझाव दिनु भएको छ । उहाँको स्नेहपूर्ण सुझावहरुबाट म

प्रभावित छु । राम्रो कुरो हो । यो एकखालका मानिसहरुले निकै मन पराउने सुझाव पनि हो । यो सुझावचाँही मैले अध्यक्षमा नउठेर विश्राम लिए हुन्थ्यो भन्ने पार्टी बाहिरका मानिसहरुले पनि सुझाव छ । त्यो देखिन्छ तर रावलजीको त्यो होईन । उहाँले चाँही म प्रति अत्यन्त स्नेहभाव देखाउनु भएको छ । एउटा नेकपा एमाले लोकतान्त्रिक पार्टी

हो । यसमा कुनै प्रकारको जोरजुलुम मर्का वा दवाव हुँदैन । मेरो विरुद्ध म उठछु भन्छ कसैले मैले उठन/नउठने टुंगो गरेको त छैन । मैले उठने टुंगो गरेभने मलाई निर्विरोध छोडन पनि पाइन्छ । मलाई चुनौति दिन पनि पाईन्छ मलाई कसैले चुनौति दिएमा त्यसलाई मैले

स्वागत गर्छु । त्यसप्रति कुनै नराम्रो मान्नु हुँदैन र निर्विरोध हुन पाएको भए वा क्या एमाले निर्विरोध भयो अध्यक्ष भन्ने चुनौति भयो भने चाँही भएन भन्ने त्यस्तो केही पनि हुँदैन । लोकतन्त्रमा चुनौति स्वभाविक कुरा हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।

२०७८ मंसिर ८, बुधबार प्रकाशित 0 Minutes 361 Views

ताजा समाचार