२०७९ जेष्ठ ७ शनिबार

हामी Mcc कुनै हालतमा फिर्ता जाओस् भन्ने पक्षमा छैनाैँ, हेरैँ डिसेम्बर १४ मा के टुङ्गाे लाग्छ : प्रचण्ड

काठमाण्डाै ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको छ । आज शुक्रवार अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको हो । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

शर्मा ओलीसँगको भेटपछि अध्यक्ष दाहालसँग भेट गर्नुभएका लुले नेपालको शिक्षा स्वास्थ्य र स्वच्छ ऊर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बताउनुभएको थियो । भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै

सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लुलाई जानकारी गराएको बताउनुभयो । उहाँले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दाअघिको समयसीमाभित्र निर्णयमा पुग्ने पनि बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो राम्रो वातावरणमा सौहार्दपूर्ण र खुला

छलफल भयो म छलफलबाट पूरै सन्तुष्ट भएको छु । नेपालको समग्र विकास प्रक्रिया नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्नेबारेमा कुराकानी भयो । उहाँले यहाँको क्लिन इनर्जीको बारेमा थोरै कुरा राख्नुभयो । एग्रिकल्चर डेभलपमेन्टकाे बारेमा केही कुरा

गर्नुभयो । मैले नेपालमा एग्रिकल्चर इन्डस्ट्रिकाे आवश्यक्ता छ युवाहरूलाई रोजगारी हुन्छ एग्रोबेस्ट इन्डस्ट्री नै राम्रो हुन्छ भने । एमसीसीको बारेमा मैले प्रष्टसँग भने हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा बिलकुल छैनौँ । किनभने त्यत्रो पैस

नेपालमा पूर्वाधारका लागि आवश्यक छ तपाईँहरू पैसा दिन तयार हुनुहुन्छ हामी लिन तयार छौँ । यहाँ केही अलमल छ पहिला ओर्जिनल डकुमेन्ट जस्तो थियो अहिले छैन त्यसले अलमल छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छाैँ ।

हामी डिसेम्बर १४ अघि एउटा टुङ्गोमा पुग्छौँ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालपछि सहायक विदेश मन्त्री लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्नुभएको छ ।

२०७८ मंसिर ३, शुक्रबार प्रकाशित 0 Minutes 319 Views

ताजा समाचार