२०७९ जेष्ठ ७ शनिबार

योगा गुरु रामदेव त वैज्ञानिक अनि क्रान्तिकारी धारको हुनुहुँदाे रहेछ : प्रचण्ड

काठमाण्डाै ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण थ्री इन वान भएको बताउनुभएकाे छ । आज शुक्रवार रामदेव पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल

टिभीको उद्घाटन कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताउँदै अध्यक्ष दाहालले रामदेव पहिला परम्परावदी र रूढिवादी जस्तो लागे पनि क्रान्तिकारी र

वैज्ञानिक भएको बताउनुभयो । उहाँले बाबा रामदेव र आचार्य बालकृष्णसँगको कुराकानीमा नेपालमा शिक्षा स्वास्थ्य कृषि र रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने विषयमा छलफल भएको बताउँदै अब कार्यक्रम गर्ने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो

पहिलादेखि नै बाबा रामदेवसँग मेरो सान्निध्यता भयो नजिक भयौँ छलफल गर्न थाल्यौँ । कताकता मलाई पहिला लाग्थ्यो उहाँ अलि बढी रूढिवादी परम्परावदी हुनुहुन्छ होला भन्ने लाग्थ्यो तर छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ क्रान्तिकारी हुनुहुँदो रहेछ

त्यस कारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो । उहाँले योगलाई नयाँ क्रान्ति मार्ग प्रदर्शन गर्नुभयो योगको माध्यमबाट आरोग्यतिर निरोगितातिर पूरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो । आरोग्यताबाट महाउद्योगको उत्पादनतिर र सञ्चालनतिर लाग्नुभयो ।

त्यस कारण बाबा रामदेव र आचार्य बालकृष्ण थ्री इन वान हुनुभयो । त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्त्व भएको बताउनुभयो । उहाँले योगको अभ्यास गरेमात्रै शरीर स्वस्थ हुने

बताउनुभयो । उहाँले पहिला आफू धेरै यज्ञ महायज्ञमा जाँदा पलेँटी कसेर बस्न नसकेको र पछि योगाभ्यासले नै सहज बनाएको बताउनुभयो । अध्यक्ष नेपालले नेपालमा प्राकृतिक चिकित्सालय आयुर्वेदिक चिकित्सालय र होमियोपेथिक पद्धतिलाई विस्तार र प्रयोग गर्नुपर्ने बताउनुभयो । 

२०७८ मंसिर ३, शुक्रबार प्रकाशित 0 Minutes 206 Views

ताजा समाचार