२०७९ जेष्ठ ७ शनिबार

एमाले प्रवेश गर्छु भन्दै बालकोट पुगेका गगन थापा आखिर ओलिले वास्ता नै नगरेपछि रित्तो हात फर्काए !

काठमाडौं ।

एमाले प्रवेश गर्छु भन्दै आफ्नो निवासमा आएका गगन पुरी लगायतलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले भेट्न अस्वीकार गरेका छन् । गगन पुरी माओवादी केन्द्रका दमकका नेता हुन् । उनी विगतमा माओवादीको तर्फबाट मेयरको उम्मेदवार बनेर पराजित भएका थिए । केपी ओलीको गृहनगर दमक हो । गगन पुरी र अन्य दुईजना

ओलीलाई भेट्न मंगलबार साँझ दमक पुगेका थिए । ओलीसँग भेट्ने प्रवन्ध दमककै एक एमाले कार्यकर्ताले मिलाइदिएका थिए । भेटको समय मिलेपछि पुरी र अन्य दुईजना ओली निवास बालकोट पुगेका थिए । भेट्न गएका अन्य एकजना मोरङ उर्लाबारीका पुराना कम्युनिष्ट कार्यकर्ता भएको बताइएको छ । बालकोटमा पहिले त गगन पुरीलाई

ओली निवासको कम्पाउण्ड भित्र पस्नै दिइएन । सुरक्षाकर्मीले भित्रबाट तपाईंको नाम आउनुपर्छ अनि मात्र भित्र जान पाइन्छ’ भनेका थिए । करिब एक घन्टा गगन पुरीको टोली गेट बाहिरै उभिएर बसेका थिए । त्यसपछि झापाकै एक एमाले नेता त्यहाँ आइपुगे । उनले गगन पुरीहरु केपी ओलीको क्षेत्रका मतदाता भएको बताउँदै अनुरोध गरिदिए

पनि भित्र पस्न पाएका थिए । केपी ओलीले आफ्नो क्षेत्रका मतदातालाई पुरै बेवास्ता गर्दै आइरहेका छन् । ओलीको अहंकार गगन पुरीको टोलीले प्रत्यक्ष भोग्न पायो । आँगनमा ओली निवासका एक अर्दलीले भेट्ने के काम छ भनेर गगन पुरीलाई सोधेको थियो । गगनले ‘केपी कमरेडलाई नै भन्छु’ भनेका थिए । तर उनल

आफूलाई भन्नैपर्ने नत्र भेट्न नपाइने भनेपछि गगनले एमाले प्रवेशको वातावरण मिलाउन तथा दमकको विकास निर्माण सम्बन्धमा कुरा गर्न आएको हुँ भनेका थिए । गगनको कुरा लिएर ती अर्दली भित्र गए । आधा घन्टापछि मात्र ती अर्दली बाहिर आएका थिए । बाहिर आएर उनले गगनलाई एमाले प्रवेश गर्ने भए प्रेस विज्ञप्ति जारी गरेर अथवा

फेसबुकमा लेखेर प्रवेश गर्नु भन्नुभएको छ भने । ओलीको यस्तो जवाफ सुनेर गगनको टोली तिम्मिलाएको थियो । गगनले झोंक्किँदै हाम्रो क्षेत्रका सांसद्लाई भेट्न किन नपाउने भनेका थिए । अर्दलीले ‘तपाईंसँग भेट्दिन भन्नुभएको छ, खुरुक्क बाहिर जानुस्’ भनेका थिए । त्यसपछि गगनको टोली फर्किएको थियो ।

२०७८ कार्तिक २५, बिहीबार प्रकाशित 0 Minutes 274 Views

ताजा समाचार