
नेपाल।
कात्तिक काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आम्दानीमाथि प्रश्न उठाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामक
छोरी बेलायतमा पढेकोमा प्रश्न उठाएका हुन् । हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ? उनले भने एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ
नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ओलीले अगाडि भने तपाईका छोराछोरीले बेलायतको शिक्षा जहाँ कमसेकम २-४-५ लाख महिनाको खर्च हुन्छ छोराछोरी कसरी
पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ? पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले सुनाए । तर प्रचण्ड बाबुराम युरोप घुमेको भन्दै उनले भने मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । (हाँस्दै) प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो ।