
काठमाडौं:
अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो ।
उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पुर्याइएको थियो ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरुले अफगानिस्तान प्रकरणलाई उदाहरणका रुपमा लिँदै एमसीसी एमसीसी भनेर उफ्रिन नहुने बताएका छन् । सांसद यज्ञराज
सुनुवारले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अफगानिस्तानमा
जुन ढंगले अमेरिकाले सेना र सहयोग जुटायो त्यसको अहिले कुनै प्रभाव नदेखिएको बताए । उनले भने जुन देशका
नागरिकले सरकारलाई सहयोग गर्दैनन्बाबहिरको सेना सहयोगले मात्र सत्ता टिक्दैन भन्ने कुरा अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छोड्नु परेको घटनाले पनि देखाएको छ ।
उनले नेपालको सन्दर्भमा अहिले अमेरिकी सहयोग एमसीसी बारे भइरहेको बहसप्रति लक्षित गर्दै भने हामी पनि एमसीसी एमसीसी भनेर बुरुक्क बुरुक्क नउफ्रिऊँ ।