२०७९ जेष्ठ ७ शनिबार

बादललाई आजकै दिन देखि पाटी अध्यक्ष पदको जिम्मेवारी ओलिले दिए यति ठुलो जिम्मा !

काठमाडौं:

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका रामबहादुर थापा बादललाई विशेष जिम्मेवारी दिईएको छ । आईतबार बसेको एमाले स्थायी कमिटी बैठकले बादललाई विधान महाधिवेशन व्यवस्थापन कार्यदलको

संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको तुलसीलाल स्मृति

प्रतिष्ठान च्यासलमा बसेको बैठकले विधान महाधिवेशनबारे निर्णय गरेको छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष ओलीको संयोजकत्वमा र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न

महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ । संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापा बादल को संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन

कार्यदल गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । विधान महाधिवेशनको प्रस्तावलाई अन्तिम रूप दिन र आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको बैठक आगामी हप्ता आयोजना गरिने भएको छ । बैठकले

आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरूमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरूमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।

२०७८ श्रावण १९, मंगलवार प्रकाशित 0 Minutes 287 Views

ताजा समाचार