२०७९ जेष्ठ ७ शनिबार

गगन थापालाई कांग्रेसको सभापतीमा जिताउन भारत र अमेरिकाल किन लगाउदैँछन् न्वारनदेखिको बल प्रयोग गर्दै !

काठमाडौं:

कांग्रेसका नेता गगन थापा १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने भएका छन् । उनलाई जिताउन भारत र अमेरिका न्वारनदेखिको बल लगाएर लागिरहेका छन् । बुढा नेताहरुबाट खासै उपलब्धी

नभएको भन्दै छिमेकी भारत र मित्रराष्ट्र अमेरिकाले रणनीतिक रुपमा चाल चालेका छन् । उनलाई सभापति बनाउन अमेरिकी जाजुसी संस्था सीआईए नेपाल आइसकेको छ । श्रोतका अनुसार उक्त टोलीले विभिन्न जिल्लाका जिल्ला सभापतिहरुलाई भेट्दै गगनको पक्षमा माहोल

बनाउन लागिपरेको छ । कांग्रेसभित्र सुरा सुन्दरीदेखि ठूलो मात्रामा आर्थिक चलखेल हुने सुइको पाएको सीआइएले त्यही विधि प्रयोग गर्दै जिल्ला सभापति,ठूला स्थानीय तहका सभापति तथा प्रदेशका सांसदहरुलाई भेटेर थापालाई पार्टी सभापति बनाउन सहयोग मागिरहेका छन् । आर्थिकको

समस्या नलिनुहोस् । काठमाडौँमा एउटा घर पक्का छ, जिल्लामा माहोल बनाउनुहोस् । सीआईए टोलीको भनाई उदृढ गर्दै एक जिल्ला सभापतिले भने,यो पटक हार्नलाई भएपनि गगनको पक्षमा माहोल बनाउने हो । अर्को पटक जित

पक्का हुन्छ । उक्त टोलीमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसमेत आएका थिए । उनले भारतमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई भेटेर गगनको पक्षमा माहोल बनाउने भनेका थिए । ब्लिंकेनको निम्तोमा निधि भारतसम्म

पुगेका हुन् । नेपाली कांग्रेस उच्च श्रोतले भन्यो,भारतलाई पनि सहमत गराउन पर्ने भएकाले मन्त्री ब्लिंकेन,निधि र भारतीय गुप्तचर संस्था रअका नेपाल प्रमुखबीच भेटवार्ता भएको थियो ।

२०७८ श्रावण १५, शुक्रबार प्रकाशित 0 Minutes 348 Views

ताजा समाचार