२०७९ जेष्ठ ७ शनिबार

एस्तो अवस्था को केरा काट्ने कि नकाट्ने , के भन्नुहुन्छ तपाईंहरू ?

काठमाडौ:

हामी जनताको मत लिनका लागि हरेक दिन एक यस्तै तस्बिर लिन्छौ । आज हामीले केराको घरीमा ढुकुरले गुँड लगाएको तस्बिर यहाँहरुमाझ पस्किएका छौ । अब केरा पाकिसक्यो ।

तर ढुकुरले गुँड लगाएर अण्डा मात्र पारेको छ । बच्चा हुर्किन निक्कै समय लाग्छ । ढुकुर यस्तो पन्छि हो उसका बचरा निकाल्न तयार अण्डा मानिसले छोयो भने फेरी कोरल्दैन । ती

अण्डा छोडेर जान्छ । अब किसानले यो ढुकुरले सार्है अफ्ठारो पो पार्यो त, केरा पाकिसक्यो अब केरा टिपौँ की नटिपौँ भनेर जनताको मत माग्नुभएको छ ।

यसमा तपाई के भन्नुहुन्छ ? कमेण्टमा लेख्नुहोला । अब केरा टिपौँ भने गुँड भत्किन्छ । नटिपौँ भने पाकिसक्यो । केरा यस्तो फल हो पाकेपछि छिट्टै बिग्रिन्छ । बिग्रिएर झर्यो भनेपनि गुँड झर्ने नै हो ।

अब खाने हुँदै टिपौँ भनेपनि गुँड झर्छ । कसको बच्चा बनाउँने सुन्दर सपना भत्किन्छ । यो जटिल अवस्थामा तपाई के भन्नुहुन्छ लेख्नुहोस् है । तपाईको रायले किसानलाई सहज हुनेछ ।

२०७८ असार २४, बिहीबार प्रकाशित 0 Minutes 2044 Views

ताजा समाचार